पोखरा । पछिल्लो समय अधिकांस ब्यक्तिहरुको ध्यान सरकारी बिद्यालयबाट बोर्डिङ स्कुल तर्फआकर्षित भईरहेको पाईन्छ । जस कारण सरकारी बिद्यालयहरुमा बिद्यार्थीको चाप अत्यन्तै न्यून हुने र बोर्डिङ स्कुलहरुमा थेग्नै नसक्ने अवस्था छ । अधिकांश अभिभावकले आफ्नो बालबच्चालाई सरकारी स्कूलभन्दा बोर्डिङ स्कूलमा नै पढाउन रुचाउँछन् ।
तर, पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले भने आफ्नो नाति प्रशन्न थापालाई बोर्डिङ स्कूलबाट छुटाएर सामुदायिक बिद्यालयमा भर्ना गरेका छन् । हालसालै पोखराको मदरल्याण्ड बोर्डिङ स्कुलबाट कक्षा ६ उत्तीर्ण गरेका प्रशन्नलाई वडाध्यक्ष थापाले शुक्रबार पोखराकै एक सामुदायिक बिद्यालयमा कक्षा ७ मा भर्ना गराएका हुन् । पछिल्लो समय सरकारी बिद्यालयमा बिद्यार्थीहरुको संख्या घट्दै गएको कुरालाई ध्यानमा राखेर त्यस्ता बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउन पनि प्रोत्साहन गर्ने उदेश्यले आफ्नो नातिलाई पनि सामुदायिक बिद्यालय शान्त माविमा भर्ना गरेको वडाध्यक्ष थापाले बताए ।
आफु जनप्रतिनिधि भएकाले पनि सरकारी तथा सामुदायिक बिद्यालयको गुणस्तर बृद्धि गराउन पहल गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाई छ । बिद्यार्थीका अभिभावकहरुले निजी बिद्यालयमा गर्ने लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा गरेपनि बिद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनिय परिवर्तन हुने प्रशन्नका बाबु शिव थापाको भनाई छ । ‘निजी बिद्यालयमा हामीले गरेको आर्थिक लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा लगानि गर्ने हो भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा पनि बोर्डिङको भन्दा कम हुँदैन’ प्रशन्नका बुबाले भने ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने