पोखरा । विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिहरुले मिडिया परिचालन गरेर आफु र प्राधिकरणको बारेमा झुटो प्रचार गरेको बताउँदै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले ती व्यक्तिहरुले फेरी नेपालमा लोडसेडिङ गराउने प्रयास गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले देशमा लोडसेडिङ ल्याउन बिभिन्न चलखेल सुरु भएको बताएका हुन् ।
‘विगतमा प्राधिकरणलाई घाटामा पु¥याएर देशलाई अँध्यारोमा राखेका व्यक्तिहरुलाई अहिले देशमा लोडसेडिङ नहुँदा मन परेको छैन’ उनले भने, ‘अहिले हामी हरेक समय देशमा उज्यालो ल्याउनका लागि लागिरहेका छौँ । तर, केहि व्यक्ति र मिडियाको परिचालन गरि हाम्रो प्राधिकरण र म माथि आपेक्ष लगाउने काम भईरहेको छ ।’
‘मैले ६० लाख भत्ता बुझेको छैन’
बिभिन्न सञ्चारमाध्यमा आफुले गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै प्रकाशन भएको समाचार गलत भएको उनले दाबी गरेका छन् । ‘गैरकानुनी रुपमा मैले ६० लाख भन्दा बढी भत्ता लिएको भन्ने समाचार सत्य होईन’ घिसिङले भने, ‘मैले ६० लाख भत्ता बुझेको छैन, राम्रो गरेको भनेर सरकारले मूल्यांकन गरेर महिनाको २ लाख प्रोत्साहन रकम दिएको मात्रै हो ।’
ऊर्जा मन्त्रालयको सहसचिवको नेतृत्वमा बन्ने समितिले यस्तो मूल्यांकन गर्ने भन्दै आफूले गत वर्ष ८९ प्रतिशत नम्बर पाएको उनले बताए । ‘मैले सरकारले प्रोत्साहन स्वरुप दिएको २४ लाख र करबाहेक ६ लाख भत्ता बुझेको छु’ उनले भने, ‘ प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गरेको छ । तरपनि मेरो गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ ।’ आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ । अब तलबलाई पनि भत्ता भन्दिने अवस्था अँएको भन्दै उनले दुःख व्यक्त गरे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष