प्रधानमन्त्री केपी शर्मा ओलीले अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अरुलाई दोष दिएर पानी माथिको ओभानो हुन कोही पनि नसक्ने र जनतासँग क्षमासम्म माग्ने अवसर पनि गुमाइसकिएको बताए ।
‘बहुमत नुहँदा मुलुकमा अस्थिरता भयो भनियो, जनताले बहुमत दिए । राजनीतिक स्थायित्व पनि दिए । अब पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो । कृषि पेशा निर्वाहमुखी भएका कारण उत्पादकत्व बढ्न नसकेको भन्दै ओलीले निर्वाहमुखी कृषिमा अलमलिएका दुईतिहाइ जनतालाई व्यावसायिक कृषक बनाउनुपर्नेमा जोड दिए ।
“व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ,” उनले भने, “हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।”
आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । “पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,” उनले भने । उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा अहिलेसम्म नेतृत्व र भिजनको अभाव थियो भन्दै अहिले अभिभावक पाएको भनेर ओलीको प्रशंसा गरे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष