पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमुहरुमा राजनीतिक ज्ञान कम भएको भन्दै दुःख ब्यक्त गरेका छन् । गुरुङहरुको परम्परागत साँस्कृतिक पर्व ट्होटेंकोे उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘तमुहरु विदेश मात्रै जाने, बन्दुक मात्रै बोक्ने मानसिकताबाट माथि उठ्नु पर्छ’ मुख्यमन्त्री गुरुङले प्रश्न गर्दै भने, ‘खान र लाउनमा सबै भन्दा छिटो नक्कलहरुको तमुहरुले चेतना अभिवृद्धि र राजनितिमा पनि नक्कल किन नगरेको ?’ गण्डकी प्रदेशको नामाकरण गर्दा आदिवासी जनजातिको पहिचानको सम्मान हुन नसक्दा तमुहरुमा आफुप्रती दुखेसो रहेको हुनसक्ने बताउँदै त्यसको पनि बिकल्प आउन सक्ने उनले बताए ।
‘मुलुकमा भएका परिवर्तनहरु सँगै गुरुङहरुले आफुलाई पनि बदल्न सक्नुपर्छ’ उनले भने, ‘देशको राजनितिमा परिवर्तनमा तमुहरुले महत्वपुर्ण भुमिका निर्वाह गरका छौँ । तर, परिवर्तन पश्चात उपलब्धि उपभोग भने गर्न पाएका छैनौँ । यो नै हामी तमुहरुको कमजोरी हो ।’ तमुहरु तथा आदिवासी जनजातीहरुको निजामति क्षेत्रमा सहभागिता न्यून नएकाले आफुलाई काम गर्न असहज भएको उनले प्रस्टाए ।
‘निजामति क्षेत्रमा तमु लगायत आदिवासी जनजातिको उपस्थिती न्युन छ’ मुख्यमन्त्री गुरुङले भने, ‘त्यसैले मलाई आफु टाउको भए पनि हात खुट्टा नभए जस्तो पीडा भइरहेको छ ।’ समाज इन्द्रधनुष तर राज्य सत्ता एकात्मक भएकाले धेरै समस्या भएको बताउँदै मुख्यमन्त्री गुरुङले जाति, भाषा, धर्म, सँस्कृति, भुगोल, लिंगका आधारमा अब कसैको अपमान सहन नसक्ने धारणा राखे ।
तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमामनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा २०५२ सालदेखि पोखरा मानाउँदै आएको छ । साउन महिनाको तीन वटा र चैत्र महिनाको तीन वटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउने गर्थे । तर, पोखरामा झरेका तमुहरुले तमु धिं नेपालको अगुवाईमा २०५२ सालदेखि वर्षमा दुईपटक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार सामुहिक रुपमा बृहत रुपमा मनाउँदै आएका छन् ।
बिरौटास्थित तमु ह्युल चोकमा विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु ह्युल, प्रकृति र पितृको नाउँमा धुप बाल्दै तमुहरुको मौलिक हतियार धनुष प्रहारबाट शुरु भएको ट्होटे र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत भएको थियो । आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङले शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेशको समृद्धिको लागि ट्होटें जस्तो सँस्कृति र प्रकृतिको संरक्षण तथा विकासका लागि सरकार लाग्नुपर्ने धारणा ब्यक्त गरे ।


सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु