पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप- २०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगितामा ४० टीमले सहभागिता जनाएका छन् । आगामी चैत ३० गतेसम्म हुने उक्त प्रतियोगिता अन्तर्गत मंगलबार र बुधबार गरी ११ खेल सम्पन्न भईसकेको छ ।
उद्घाटनको दिन भएको तीन खेलमा जुनियर एफसी बीले कमलपोखरी ए लाई टाइब्रेकरमा ५–४ गोलले, एभरग्रीन ए ले फेदीलाई १–० गोलले, गुडविलले घारीपाटनलाई ३–० गोलले पराजित ग¥यो ।
यस्तै, दोस्रो बुधबार आठ खेल भएकोमा रञ्जन मेमोरियलले बिडिबिलाई टाइब्रेकरमा ४–३, मालेपाटनले एमएम वाईसीलाई ३–०, एभरग्रीन बी ले हेम्जा युनाइटेडलाई २–१, अक्सफोर्डले सरोज एफसीलाई टाइब्रेकरमा ३–२, सिंगापुरले पाइरेटलाई ७–१, शितलज्योतिले सेतीनहरलाई २–०, सोल्टीले एफसीले ब्रदर एफसीलाई ६–१ र कमलपोखरी सीले स्वागत एफसीलाई ३–१ गोलले पराजित ग¥यो ।
तेस्रो दिन विहीबार पनि ८ खेल हुनेछन् ।
मंगलबार प्रतियोगिताको उद्धघाटनका लागि जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष यामबहादुर गुरुङ आमन्त्रण गरिएकोमा प्राविधिक कारणले खेल सरेको र कार्यव्यस्तताका कारण अध्यक्ष गुरुङ अगावै निस्कनुपरेपछि क्लबका अध्यक्ष विधान रेग्मीले उद्धाघाटन गरेका थिए ।
खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

फोटो/रचित पौडेल

सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’