पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप- २०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगितामा ४० टीमले सहभागिता जनाएका छन् । आगामी चैत ३० गतेसम्म हुने उक्त प्रतियोगिता अन्तर्गत मंगलबार र बुधबार गरी ११ खेल सम्पन्न भईसकेको छ ।
उद्घाटनको दिन भएको तीन खेलमा जुनियर एफसी बीले कमलपोखरी ए लाई टाइब्रेकरमा ५–४ गोलले, एभरग्रीन ए ले फेदीलाई १–० गोलले, गुडविलले घारीपाटनलाई ३–० गोलले पराजित ग¥यो ।
यस्तै, दोस्रो बुधबार आठ खेल भएकोमा रञ्जन मेमोरियलले बिडिबिलाई टाइब्रेकरमा ४–३, मालेपाटनले एमएम वाईसीलाई ३–०, एभरग्रीन बी ले हेम्जा युनाइटेडलाई २–१, अक्सफोर्डले सरोज एफसीलाई टाइब्रेकरमा ३–२, सिंगापुरले पाइरेटलाई ७–१, शितलज्योतिले सेतीनहरलाई २–०, सोल्टीले एफसीले ब्रदर एफसीलाई ६–१ र कमलपोखरी सीले स्वागत एफसीलाई ३–१ गोलले पराजित ग¥यो ।
तेस्रो दिन विहीबार पनि ८ खेल हुनेछन् ।
मंगलबार प्रतियोगिताको उद्धघाटनका लागि जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष यामबहादुर गुरुङ आमन्त्रण गरिएकोमा प्राविधिक कारणले खेल सरेको र कार्यव्यस्तताका कारण अध्यक्ष गुरुङ अगावै निस्कनुपरेपछि क्लबका अध्यक्ष विधान रेग्मीले उद्धाघाटन गरेका थिए ।
खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

फोटो/रचित पौडेल

सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो