पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखराको फेवाताल किनार अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।
संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने भन्दै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको बताए ।
फेवाताल पुरिँदै गएको तर्फ इंगित गर्दै पहारीले फेवाताललाई पोखरी हुनबाट बचाउन सर्वाेच्च अदालतको आदेश अनुसार काम अगाडि बढेको जानकारी दिँदै फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताए । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गरे ।
गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताए । अर्का सांसद रामजी बरालले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लागी पर्नु पर्ने बताए ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो