अश्विन दानी, पोखरा । गत चैत १७ गते बारा र पर्सामा गएको हावाहुरी पीडित परिवारलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैँया सहयोग दिने भएको छ । बिहीबार गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद बैठकबाट हावाहुरी पिडित परिवारको आवास पुननिर्माणका लागि सहयोग रकम दिने निर्णय पारित गरेको हो ।
‘बारा र पर्सामा आएको बिनासकारी हावाहुरीका कारण २८ जनाले ज्यान गु्माउनु पर्यो भने ६ सय भनदा बढि घाइते भएका छन् र १ हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएको छ’ गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले भने, ‘त्यो घटना प्रदेश नं २ का लागि मात्रै नभएर हामी सबै नेपालीहरुको लागि दुखको कुरा हो । तसर्थ आज बसेको मन्त्रीपरिषदको बैठकबाट निर्णय गरी हाम्रो प्रदेश सरकार मार्फत हावाहुरी पिडित परिवारको घर पुननिर्माणका लागि एक करोड रुपैँया सहयोग दिने निर्णय गरेका छौँ ।’ पीडितको घर पुननिर्माणका लागि सहयोग दिने रकम तत्कालै प्रदेश नम्बर २ को खातामा पठाइने मन्त्री बस्नेतले बताए ।
बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बरं १, ३, ५ सरकारले एक/एक करोड रुपैँया सहयोग प्रदान गरिसकेका छन् भने कर्णाली र सुदुर पश्चिम प्रदेश सरकारले पनि यस अघि नै राहतस्वरुप एक/एक करोड सहयोग रकम प्रदान गर्ने निर्णय गरिसकेका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आगामी बैशाख ७ मा अन्त्य हुनेगरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । अधिवेशन गत पुस २३ मा सुरु भएको थियो । बैठकले विभिन्न कार्यबिधि पनि पारित गरेको मन्त्री बस्नेतले बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु