पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप-२०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन ११ खेल सम्पन्न भएका छन्।
आगामी चैत ३० गतेसम्म हुने उक्त प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा जुनियर पासगाउँले हिल प्वाईन्ट एफसीलाई ४–० गोलले, कमलपोखरी घ्याचोक एफसीले कमलपोखरीलाई १–० गोलले पराजित ग¥यो । यस्तै, फरएवर एफसीले रेस्टट्रोटन कु्रसलाई १-० गोलले, एभरग्रीन (बि) ले जुनियर एफसीलाई ३-१ गोलले पराजित ग¥यो । युनाइटेड एफसी र नेक्सयुस बिच १-१ गोलको बराबर भएपछि पेनाल्टीमा गएर २-३ को अन्तरले युनाइटेड एफसीले जित हात पार्याे ।
त्यस्तै, केपि गेम हाउसले दासढुङ्गालाई २-३ गोलले, जुनियर एफसी बिले टुडिखेल एफसीलाई १-३ गोलले पराजित गरेको थियो । कमलपोखरी गेम हाउस (बि) र मालेपाटन बिच १-१ गोलको बराबर भएपछि पेनाल्टीमा गएर ३-४ गोलले मालेपाटनले जित हात पार्याे । चिसापानी एफसीले फरएवर एफसीलाई ०-२ गोलले, सोल्टी एफसीले सन्तोष एफसीलाई २-० गोलले पराजित गरेको थियो । यस्तै सिकलेस युथ क्लवले कमलपोखरी (सि) लाई ४-० गोलले पराजित गरेको थियो । जुनियर एफसी बीले कमलपोखरी ए लाई टाइब्रेकरमा ५–४ गोलले, एभरग्रीन ए ले फेदीलाई १–० गोलले, गुडविलले घारीपाटनलाई ३–० गोलले पराजित ग¥यो ।
खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प