गोरखा : नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने दावी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा बिहीबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा प्रधानमन्त्री केपी ओलीसँग समझदारी बनिसकेको भन्दै उनले केही दिनमा त्यो देख्न सकिने दाबी गरे ।
‘हाम्रो पार्टीको तर्फबाट नेकपाको गठबन्धनमा करिब एक लाख मत झरेको छ’, उनले भने, ‘त्यसबारेमा नेकपाका दुवै अध्यक्षहरुलाई जानकारी छ । त्यसैले छिट्टै हाम्रो पार्टीले पनि संसदमा प्रतिनिधित्व पाउनेछ । तपाइँहरुले छिट्टै हाम्रो पार्टीलाई संसदमा देख्न सक्नुहुनेछ ।’
नेता ढकालले परिबार दल र नेकपा अहिले ‘लिभिङ टुगेदर’मा बसेको बताए । ‘नेकपा र नेपाल परिवार दलको विवाह भएको चाहिँ होइन, लिभिङ टुगेदर मात्र भएको हो’, उनले भने ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
फेवातालको सीमांकन सकिन लाग्योः मेयर आचार्य
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग