लण्डनकी एक महिलाले आफ्ना पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि दुबईमा दुई वर्षको जेल सजाय भोगिरहेकी छिन् । लाहे साहराभेस,५५, लाई दुबईको एयरपोर्टमा पक्राउ गरिएको हो । उनी आफ्ना पूर्व श्रीमानको अन्तिम संस्कारमा सरिक हुन दुबई गएकी थिइन् ।
सन् २०१६ मा आफ्ना श्रीमानले पुनः विवाह गरेको तस्बिरमा दुईवटा कमेन्ट गरेकी थिइन् । साहराभेसको १८ वर्षको वैवाहिक सम्बन्ध टुटेको थियो । उनी श्रीमानसँग आठ महिना संयुक्त अरब इमिरेट्समा बसेकी थिइन् ।
उनी छोरीसहित बेलायत फर्किइन् तर उनका श्रीमान् संयुक्त अरब इमिरेट्समा नै बसे । त्यसको केही समयमा उनीहरुको सम्बन्धविच्छेद भयो । साहराभेसले फेसबुकमा तस्बिर देखेपछि पूर्व श्रीमानले पुनःविवाह गरेको थाहा पाइन् । उनले ती तस्बिरमा दुईवटा कमेन्ट गरिन् जसमध्ये एउटामा उनले लेखिन्, ‘आशा गर्छु कि अब यो मूर्ख भूमिगत हुनुपर्छ । धिक्कार छ । मलाई यो घोडाको लागि छोडिस् ।’
संयुक्त अरब इमिरेट्सको कानून अनुसार सोसल मिडियामा कसैको मानहानी गरे जेल सजाय र जरिवानाको प्रावधान छ । दुबइमा पक्राउ परेकी उनलाई दुई वर्षको जेल सजाय र ५० हजार पाउन्ड जरिवाना हुनसक्छ । यद्यपि, उनले लण्डनमा बसेर फेसबुक पोष्टमा कमेन्ट गरेकी थिइन् ।
साहराभेसका पूर्व श्रीमानकी दुबईमा बस्ने नयाँ श्रीमतीले मुद्दा दर्ता गरेको बताइन्छ । गत मार्च १० तारिखमा हृदयघातबाट मृत्यु भएका पूर्व श्रीमानको अन्तिम संस्कारमा सहभागी हुन साहराभेस छोरीसहित संयुक्त अरब इमिरेट्स उडेकी थिइन् । साहराभेसलाई पक्राउ गर्दा उनकी १४ वर्षीया छोरी सँगै थिइन् । उनी एक्लै लण्डन फर्कनु परेको बताइन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ