आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसिया विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो ।
९३ रनको लक्ष्य पाएको नेपालले मात्र १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाललाई जित दिलाउन रित गौतमले नटआउट ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिए ।
नेपाल मलेसियासँग अहिले सम्म पराजित भएको छैन । घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिएका थिए । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो ।
जितसंगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मलेसिया पुछारबाट दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुनु नै दुर्भाग्य बन्यो ।
नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन । त्यसपछि खेलकाे नतिजा डकवर्थ एण्ड लुइसको नियमका आधारमा निकालिएको थियो । जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो ।
दोस्रो खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकपको यात्रा कठिन बनेको छ । नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमान मध्य एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउने छ । नेपालले कुवेत र ओमनसँग खेल्न बाँकी छ ।नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ । बिहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउने छ ।
६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ ।
सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’