अनुप पौडेल, पोखरा । उत्पादन मितिभन्दा एकदिन पहिल्यै बजारमा भेटिएको चाउचाउको उत्पादनकर्तालाई सचेत गराइएको छ । बागलुङ बसपार्क स्थित ‘शुभम् स्टीम चाउचाउ’ को उत्पादक कम्पनी फेमिली नुडल्सलाई कमीकमजोरी सुधार्न ५ दिनको म्याद दिइएको छ । यस विषयमा गत शुक्रबार शीर्षकमा बिगखबर डटकमले समाचार सार्वजनिक गरेको थियो ।
समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय कास्की, उपभोक्ता मञ्च कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराको संयुक्त टोली अनुगमनका लागि सोमबार चाउचाउको फ्याक्ट्री खोज्दै पुगे । तर, न त चाउचाउ उद्योग थियो, न साइनबोर्ड नै थियो । घरको कोठामा भुईंमै चाउचाउ बनाएको भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । अनुगमनको क्रममा फेला परेका कमीकमजोरीलाई सुधार गर्न ५ दिनको म्याद दिईएको उनले बताए ।
अनुगमनको क्रममा विभिन्न सात विषयमा कमजोरी देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोख्रेलले बताए । कम्पनीको ब्याच नम्बर राख्न, उद्योगको साईन बोर्ड राख्न, नविकरण गर्न, उत्पादन गर्ने मेसिन परिवर्तन गर्न, उत्पादन गर्दा भुइँ नभई टेबुलको प्रयोग गर्न, झिंगा, साङ्ला नियन्त्रण गर्न र एप्रोन, माक्ससँगै अन्य आवश्यक सामानको प्रयोग गर्न निर्देशन दिएको पोख्रेलले जानकारी दिए । निर्देशन अनुसार काम गरेको नपाए खाद्य ऐन बमोजिम कारबाही हुने उनले जनाए ।
संचालकले अटेरी गरेमा उद्योग बन्दसम्मको कारबाही हुन सक्नेछ । उद्योगका संचालकले निर्देशन अनुसार सबै मापदण्ड पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी सञ्चालकले काम गर्ने भाइको गल्ती भनेपनि उनको कम्पनीमा कुनै कामदार नभएको र आफ्नै श्रीमती सहित आफै काम गर्ने मञ्चका अध्यक्ष कोइरालाले जानकारी दिए ।
गत शुक्रबार उत्पादन मिति भन्दा एक दिन अघि नै बजारमा सो कम्पनीको स्टीम चाउचाउ फेला परेको थियो । पोखरा नयाँबजार बस्ने सरु लामिछानेले चाउचाउ किनेर घरमा ल्याई प्याकेट खोल्दा उत्पादन मिति २०१९ अप्रिल १३ (२०७५ चैत ३०) गते लेखिएको थियो । तर उत्पादन मिति भन्दा एकदिन पहिला अर्थात् २०१९ अप्रिल १२ (२०७५ चैत २९) गते नै चाउचाउ बजारमा भेटिएको थियो ।
http://gandaknews.com/steam-noodles/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु