पोखरा, ५ बैशाख । पोखराको प्रदेशसभा भवन नजिकै र लेखनाथमा बम भेटिएको छ । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको छ । त्यसलाई डिस्पोज गर्ने क्रममा सेना घाइते भएका छन् ।
बम डिस्पोज गर्न पुगेको कालिभञ्जन गणका सेना नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पोखरा २९ स्थित लेखनाथ, सैनिक बस्तीमा शंकास्पद वस्तु भेटिएको छ । अहिले त्यहाँ डिस्पोज गरिदैंछ ।
पोखरा जिरोकिमि क्षेत्रमा पनि मध्यरातमा सडकमै टेपले बेरेको अवस्थामा प्रेसरकुकर भेटिएको थियो । तर, त्यसमा बम नभएको र पानी मात्र भएको डिएसपी कोमल शाहले बताए ।

Pic. Johny pun
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोहि समूहले राखेको हुन सक्ने आशंका छ ।
यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । लामो दुरीका गाडीहरु नचलेपनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।
http://gandaknews.com/bom-pokhara-zero-kilo/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने