गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ७ वैशाख । विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ । एक हप्ताअघिदेखि सुरु भएको अभियान अन्तर्गत शनिबार देशभर खबरदारी कार्यक्रम गरिएको छ ।
प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनु र हायात होटलले सयौं रोपनी सरकारी जग्गा अपचलन गरेकोमा यसले भूमाफिया गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उक्त पार्टीले जनाएको छ ।
विवेकशील साझा पार्टी, गण्डकीले शनिबार पोखराको सिर्जनाचोकमा खबरदारी कार्यक्रम आयोजना गरेको हो । यहाँ स्थित पार्टीका क्रियाशील सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको संयोजक दीपक पौडेलले बताए ।
उनीहरुले ‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन्’, ‘भ्रष्टाचारी देखिए, सरकार देखिएन’, ‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । जग्गा सम्बन्धमा आवश्यक अनुसन्धान गरी सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन विवेकशील साझाले आग्रह गरेको छ ।
‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’
यसैबीच, विवेकशील साझा पार्टीले शनिबार काठमाडौको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । माइतीघरको प्रदर्शनमा सहभागीहरुले बालुवाटार र सरकारी स्वामित्वमा रहेको जग्गा हायात होटलको नाममा बेचिएको विरोधमा उक्त जग्गा प्रकरणमा संलग्न दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै नारा लगाएका थिए । विवेकशील साझा पार्टीका संयोजक मिश्रले मुलुकमा भ्रष्टाचारले चरम सिमा नाघेकाले प्रदर्शन गर्न बाध्य भएको बताए ।
भ्रष्टाचार बिरोधी अभियानका क्रममा सरकारलाई जवाफदेही बनाउन देश व्यापी अभियान नै चलाउने उनको भनाइ छ । विवेकशील साझाले विज्ञप्तीमार्फत ध्यानार्षणका साथै बालुवाटारमा एक घण्टा धर्नादेखि विभिन्न खाले खबरदारीका कार्यक्रम गर्दै आएको छ ।
३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको सरकारी अनुसन्धान प्रतिवेदनले देखाएको छ । सरकारको नेतृत्व लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल स्वयं नै प्रधानमन्त्रीको सरकारी निवास रहेकोे बालुवाटारको जग्गा आफ्नो छोराको नाममा खरिद गर्न संलग्न भएको समाचार प्रकासनमा आएपछि उक्त विषयमा चौतर्फी आलोचना भइरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो