पोखरा । गण्डकी प्रदेशका सांसदले पनि आफुखुशी बजेट बाँड्न पाउने भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षकमा हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो ।
चौतर्फी रुपमा सांसद विकास कोषको बजेटमाथी गुनासो पनि उत्तिकै छ । सांसद विकास कोषको बजेटलाई सबैले ‘कार्यकर्ता पोस्ने पैसा’ को रुपमा अथ्र्याउँछन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी सहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले सांसदले खर्च गर्ने गरी बजेट विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएका थिए ।
प्रदेशको पहिलो बजेटमै सांसद विकास कोषमा बजेट छुट्याउनुपर्ने सांसदहरुको माग थियो । तर सरकारले एकद्धार प्रणालीबाट बजेट खर्च गर्नुपर्ने भन्दै बजेट दिएन । दोश्रो बजेटमा निर्वाचित सांसदले प्रश्ताव गर्ने गरी एक निर्वाचन क्षेत्र एक नमूना सडक निर्माणको योजना अघि सारियो । यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड १० लाख रुपैयाँ विनियोजन समेत भएको छ ।
सांसदको गरिमा कमजोर भएको भन्दै अहिले पुनः बजेट बाँड्न लागिएको बताईन्छ । केन्द्र र अन्य प्रदेशमा पनि यो ब्यवस्था भएका कारण सांसद मार्फत पैसा जनताको घरदैलोमा पुर्याउने कुरा ठूलो ईस्यु नभएको सांसदहरुको भनाई छ ।
सिष्टम गलत भनेका मुख्यमन्त्री नै सहमत !
‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २ करोड दिने होला–मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।’ सांसदहरुको दवाव र अरु प्रदेशले पनि सांसद विकास कोषबाट बजेट बाँडेका कारण आँफूहरुले रोक्न नसकेको उनले सुनाए । ‘ब्यक्तिले पैसा बाँड्ने त होईन । यो सिस्टम गलत हो । तर ५, ६, ७ प्रदेशतिर माननीय ज्यूहरु घुम्नु भो । त्यतातिर अथाह सुविधा छ, उनी भन्छन्–हामीले सुविधा दिन सकेको पनि छैन । सांसद विकास कोष मार्फत बजेट दिने कि भन्ने सोचेका छौं ।’ निर्वाचन क्षेत्रमा हुने सानातिना आयोजना र कार्यक्रममा खर्च गर्ने गरी बजेटको ब्यवस्था गर्न लागिएको उनको भनाई छ ।
पैसा लिन विपक्षी दलको पनि साथ !
विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सांसद मार्फत बजेट खर्च गर्नु नराम्रो नभएको बताए । ‘जनताले विकास खोजेका छन् । हामी जनताको बीचमा विकास लैजान चाहान्छौं । सरकार खर्च गर्न चाहान्छ, उनले भने–यी तीनवटा चिजको मेकानिजम मिलाउनुस् । पोलिसिगत रुपमा नीति बनाएर पैसा दिने कुरालाई अन्यथा मान्न हुँदैन ।’
डिएनए नेपालमा प्रकाश ढकालले लेखेका छन् ।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्