गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार
अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् ।
मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा उनी चढेको कार एउटा बससँग ठोक्किएर दुर्घटना भएको थियो । साेही दुर्घटनाबाट उनी काेमामा गएकी थिइन् । उनका छोरा छोरा ओमार वेबायरले आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।
ओमारले युएईको द न्याश्नल समाचारपत्रिकालाई बताए अनुसार दुर्घटनाको बेला आमा छोरा पछाडिको सीटमा रहेका थिए । दुर्घटना हुनै लाग्दा उनकी आमाले ओमारलाई बचाउन अँगाालो हालेकी थिइन् ।
ओमारले लामो समयको उपचारपछि आमाको होस आएको कुरा बताउँदै मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आमाको कथा अहिले अरूलाई भनेको बताएका छन्। उनले विषम परिस्थितीमा हुँदा तिनलाई मृत नठान्नुहोस् बनेका छन् ।
उनलाई उपचारका लागि लण्डन लगिएको थियो । त्यसपछि उनलाई युएईमै ल्याइएको थियो । सन् २०१७ आबु धाबीस्थित एक सरकारी निकायको आर्थिक सहयोगमा उनलाई उपचारका जर्मनी लगिएको थियो ।
एक दिन अस्पतालमा ओमार र डाक्टरहरुबीच विवाद हुँदा उनी आवशेमा आएको र त्यो बेला उनको मुखबाट आवाज निश्केको थियो । त्यसको ३ दिनपछि उनी बोल्न सक्ने भएकी थिइन् । हाल उनी आबु धाबी फर्किएकी छन्। उनलाई फिजियोथेरपी र पुनर्स्थापनाका लागि अरू विधि गराइँदैछ।
मस्तिष्कको चाेटका कारण कोमामा गएका मानिसहरुको स्वास्थ्य अवस्थाका बारे केही थाहा नहुने विशेषज्ञहरु बताउछन् । यो एक दुर्लभ घटना हो । कोमामा जानु भनेको निदाउनुजस्तै हो भन्ने मानिन्छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनर्स्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह