पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरु सफाई अभियानमा जुटेका छन् । उनिहरुले अहिले जथाभावी फोहोर फाल्ने देखि सचेतना अभियान गरिरहेका छन् ।
आज मात्रै उनिहरुले जथाभावी मरेको कुखुरा फाल्ने एक जनालाई पक्राउ गरे । आज बिहान स्थानीय शेषकान्त बरालले देखेपछि भ्यु पोइन्ट युवा क्लबको सक्रियतामा कुखुरा सप्लायर्सलाई रंगेहात पक्राउ गरिएको हो ।
पोखरा-१७ छोरेपाटनबाट ग ३ प ९९७६ नम्बरको बाइकमा गएका उनलाई पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल ‘धड्कन’ ले जानकारी दिए । उनको आग्रह अनुसार नाम खुलाइएको छैन् ।
पक्राउ परेका उनलाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको क्लबको सचिब कुशल बरालले बताए । यसअघि क्लबले जथाभावी फोहोर फाल्ने दुई जनालाई पक्राउ गरेको थिए ।
क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यु पोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसंग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको सचिब बरालले जानकारी दिए । अध्यक्ष बरालले आफू आफ्नो गाउँ ठाउँको विकासमा सधैं लागिरहने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने