काठमाडौं प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ।
मंगलबार सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलार्इ सार्वजनिक गरिएको हो ।
त्यस्तै समिरमान बस्नेत, मनोज पुन सहित ६ जना फरार रहेको प्रहरीले जनाएको छ । “भारतबाट मोटरसाइकल चोरी गरेर नेपालमा ल्याएर हत्यामा प्रयोग गरिएको देखियो । हत्या लगत्तै सुटरहरू मोटरसाइकलमा भागेका थिए ” एआइजि जयबहादुर चन्दले भने ।
फरार समिरमान हत्याको कमान्डर, मनोज पुन योजनाकार रहेको र लोप्साङ तामाङले गंगा लिङदेन, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, भगौडा आर्मी रोशन बुढाथोकी र अजय थापालगायतलार्इ परिचालन गर्न जिम्मा लिएका थिए ।
गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए। के कारणले हत्या गरेको भन्ने अनुसन्धान भईरहेको जनाईएको छ ।
सम्बन्धित खबर
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते