पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको गभर्नरको लाइनमा विश्वेश्वर आचार्यले इन्ट्री मारेका छन् । पोखरामा सम्पन्न क्लबको सातौ बार्षिक अधिबेशनबाट गभर्नरमा ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका चयन भए ।
गभर्नर लम्साल र फर्स्ट भाइस डिस्ट्रिक गभर्नर रोका लायन्सको विधी अनुसार एस भोटका आधारमा निर्वाचित भएका हुन् । सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर नै दुई कार्यकाल पछिको स्वतः नेतृत्वमा रहने भएकाले यस पोष्टमा रस्साकसी चल्छ ।
विश्वेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी ध्रुव श्रेष्ठले ३ सय ३० मत पाए । दुवै जना पोखराका भएकाले पनि यस पटक बढी चर्चा भएको थियो । ध्रुबले ४२ वर्षसम्म लायनवाद बोकी हिँडेको भन्दै लायनहरुलाई आफ्नो पक्षमा पार्न खोजे भने युवा व्यक्तित्व विश्वेश्वर पनि काम गरेर देखाउने भन्दै अघि बढे ।
लायन्स समाजसेवा कि व्यापार व्यवसाय ?
पोखरामा शुक्रबार र शनिबार लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को सातौं महाधिवेशन प्रदर्शनी केन्द्रमा चलेको थियो । लायन्स भनेको समाजसेवा हो भनेर सबैले चिनिरहँदा लायन्सको चुनाव उद्योगी व्यापारी जस्तो भएको भन्दै आलोचना उत्तिकै भए । कुनै पनि चुनावी कार्यक्रमलाई शान्तर र सभ्य ढंगले सम्पन्न गर्न प्रहरीको साथ सहयोग लिन सकिन्छ तर कार्यक्रममै बाउन्सर राखेर दादागिरी र गुण्डागर्दी हुन सक्नेतर्फ इंगित गरेको भन्दै उत्तिकै आलोचना भएको छ ।

लायन्स ३२५ बि १ मा पोखरा, लमजुङ, तनहुँ, बाग्लुङसहित गण्डकी प्रदेशका लायन्स क्लबहरु आवद्ध छन्। महाधिवेशनमा करिब ४ हजार लायन्सहरु पोखरा आए । सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा यो संस्थासँग आवद्ध सबै लायन्स क्लवहरुले मतदान गरे । निर्वाचनमा काठमाण्डौंसहित गण्डकी प्रदेशमा रहेका करिब १ हजारजनाले मतदान गरे । लायन्स क्लबमा १५ जना सदस्य भए एकजनालाई मताधिकार दिइन्छ भने २० जना सदस्य भएको क्लबले २ वटा मत हाल्न पाउँछन् । २५ भन्दा बढी सदस्य भएका क्लबको हकमा ३ भोटको ब्यवस्था गरिएको छ। लायन्स ३२५ बि १ मा २ सय ६७ भन्दा बढी क्लब र १० हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन्।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु