पोखरा। पोखराको फेवातालमा अब माछापुच्छ्रेको छायाँसँगै नेपाली राष्ट्रिय झण्डा पनि देखिने भएको छ । सोही योजनाअन्तर्गत नेपाली राष्ट्रिय झण्डासहितको माछापुच्छ्रे बिम्ब पार्कको निर्माण कार्य सुरु भएको छ ।
सोमबार सो पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशका मन्त्री, महानगरका मेयर र वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।यसलाई झण्डा पार्कको रुपमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको छ ।
‘पोखरा नेपाल’ लेखिएको ८० फिट अग्लो नेपाली राष्ट्रिय झण्डा पनि माछापुच्छ्रे छायाँसँगै देखिने छ। पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा झण्डा पार्क स्थापित हुने विश्वास गरिएको छ ।
प्रदेश सरकार र पोखरा महानगरपालिकालेको चार करोड सह–लगानीमा पार्क बन्नेछ । पार्क निर्माणको पहिलो चरणको काम गर्न बिनु कन्स्ट्रक्सनले जिम्मा पाएको महानगरका सिनियर डिभिजनल इन्जिनियर शोभियत खड्काले जानकारी दिए । कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फेवा संरक्षणमा जोड दिँदै पर्यटक लक्षित योजनाहरु आरम्भ गर्ने प्रदेश सरकारको कार्ययोजनाअन्तर्गत उक्त कार्य प्रारम्भ भएको हो। पार्कमा टिकट काउण्टर, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायतका संरचना रहने छन् । अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ ।
http://gandaknews.com/fewa-flag/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’