डोटी : डोटीको आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेका अनुसार, शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् ।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए । बाख्राको मासु नपकाई खाएका कारण उनीहरु बिरामी परेको हुन सक्ने स्थानीयले बताएका छन् ।
शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरले मासु खाएर बिरामी परेकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको क्रमिकरुपमा सुधार भैरहेको जानकारी दिए । ‘स्थानीयले खाएको बाख्राको मासुमा केही न केही रोग हुनुपर्छ, अहिले केहीको अवस्था सुधार भएको छ भने साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ,’ उनले भने ।
बाख्राको मासु खाँदा गाउँले बिरामी परेको बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो