पूर्व सभासद् गायत्री साह र उनका श्रीमान राजेश महतोलाई मेडिसीटी अस्पताल परिसरबाट जावलाखेल प्रहरीले पक्राउ गरेको छ । मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत थिए ।
अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गरेकी छिन् ।
तर अस्पतालल आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दावी गर्दै आएको छ । अस्पतालले पटक पटक बच्चा बुझ्न साहलाई आग्रह गरेपनि बुझ्न मानेको छैन ।
अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।
यता, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले साह दम्पत्तिलाई पक्राउ गरी परिसरमा राखिएको जानकारी दिए ।
पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते