पोखरा । फोहोर जथाभावी नफालौं भनेर पढाउने विद्यालय नै फोहोर फालेपछि कारबाहीमा परेको छ । त्यो पनि, पोखराकै टप विद्यालयमा पर्ने टप्स बोर्डिङ । जरिवाना पनि थोरै हैन, आधा लाख नै तिर्न परेको छ ।
शनिबार बेलुका तिरको समयमा पोखराको वडा नं २० अन्तर्गत मणिपाल हस्पिटलदेखि र्यालेचौर जाने मूल सडकसँगै कालीखोलाको भीरमा फोहोर फालिएको थियो ।
ट्रिपर फालेको फोहोरमा पोखरा १० रामघाटमा रहेको टप्सका लेटर प्याड, केही डकुमेन्ट्स देखिएपछि प्रिन्सिपल रत्नमान गुरुङलाई सम्पर्क गर्दा स्वीकारेका थिए । त्यसपछि महानगरका प्रतिनिधि, २० र ११ का जनप्रतिनिधिहरु लगायत स्थानीय जनताहरुको उपस्थितिमा फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम रु। ५० हजार जरिवाना लगाइएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
आइतबार भएको छलफलमा टप्सका सञ्चालक रत्नमान आएर जिम्मेवारी लिएनन्, उनले प्रतिनिधिको रुपमा शिक्षक चित्र गुरुङलाई पठाएको बुझिएको छ । सुरुमा पोखरा महानगरले १५ हजार जरिवाना लिने तयारी गरे पनि स्थानीयको विरोधपछि ५० हजार जरिवाना लिने निर्णय भएको वडाध्यक्ष गुरुङ बताउँछन ।
वृहत पोखरा सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले यस्तो अवैध क्रियाकलाप कहिंकतै भइरहेको छ भने सम्बन्धित वडा कार्यालयमा सप्रमाण सूचना दिने व्यक्तिलाई नाम गोप्य राख्ने प्रतिबद्धता सहित पुरस्कार दिने व्यवस्था गरिएकोले सहकार्यका लागि सबैमा अपिल गरे । साथै, सरसफाइको सवारीसाधन नआएको भए सम्बन्धित वडाका अध्यक्षलाई जानकारी गराउन समेत सविनय अनुरोध गरेका छन् ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला