पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको हो ।
प्रदेशको मन्त्रिपरिषद्को बैठकले सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार सांसदहरुले प्रति महिना १५ हजार रुपैयाँ घरभाडा दिँदै आएको थियो ।
सरकारले २०७४ चैत ३० गते पारित गरेको ऐनको दफा ६ (२०) मा पोखरामा घर भएका सांसदहरुलाई सुविधा नदिने उल्लेख छ भने उपदफा २ मा मर्मत र सम्भार प्रदेश सरकारले गर्ने व्यवस्था गरिएको छ । सोही उपदफाको आधारमा राजधानीमा घर हुने सांसदहरुलाई सुविधा दिन लागिएको हो ।
हाल कास्कीमा प्रत्यक्ष र समानुपातिक गरी १३ जना प्रदेशसभा सदस्यहरु छन् । यसअघि पोखरामा घर हुने १३ जना सांसदहरुले यो सुविधा लिन नपाउने भएपनि मन्त्रिपरिषदले आइतबारको निर्णयानुसार आगामि दिनमा ऐनमा व्यवस्था भएकोभन्दा आधा रकम आवास सुविधाबापत पाउने भएका छन् । उनीहरुले मासिक सात हजार पाँच सय रुपैयाँ आवास सुविधा पाउने प्रदेश सरकारले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’