पोखरा । गण्डकी प्रदेश सरकारले फेवातालको बीच सतहमा कफी शप निर्माण गर्ने भएको छ । फेवातालमा घुम्न आउने पर्यटकहरुलाई आकर्षण तथा सेवा दिने उद्देश्यले तालको बीच सतहमा कफी शप निर्माण गरिने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।
पर्यटकीय गन्तव्यको रुपमा बिकसित शहर पोखराको फेवातालमा कफी शप निर्माणको काम डिपिआर तयार पारेपछि सुरु गर्ने उनले बताए । ‘फेवातालको बिचमा प्रदेश सरकार मार्फतले नयाँ किसिमबाट कफी शप बनाउने निर्णय गरेका छौँ । डिपिआर तयार भएपछि सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिन्छौँ ।’ताल प्राधिकरण गठन भएसंगै त्यसको सम्पूर्ण व्यबस्थापनको जिम्मा प्राधिकरणले गर्ने भएको मन्त्री लम्सालले जनाए ।
‘पोखराको नयाँ प्रोडक्ट बनाउने र फेवातालको माटो व्यवस्थापन गर्ने गरी हामीले यो अवधारणा अघि सारेका छौं’ उनले भने, ‘कफीको मुल्यको बिषयमा पछि आउने व्यवसायीले तोक्न सक्छन् । अन्यत्र भन्दा फेवातालमा कफीको मुल्य अवश्य महङ्गो हुन्छ ।’ फेवाताल अवलोकन गर्न गएका पर्यटकहरुले फेवातालको बीच भाग खपौंदी क्षेत्रमा हुने कफी शपमा डुंगा चढेर जाने व्यवस्था गरिने मन्त्री लम्सालले बताए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार