सूर्य तिमिल्सिना । मुस्ताङ यस्तो ठाउँ हो जुन ठाउँको नाम सुन्ने बित्तिकै धेरैको मुखबाट वाह शब्द आइहाल्छ । जो कोहि पनि एक चोटी न एक चोटी मुस्ताङ गएकै हुन्छ,जो गएको हुँदैन उसको घुम्ने स्थानको बकेट लिस्टमा अगाडी अवश्य हुन्छ । मुस्ताङ जानेहरु प्रायस् जसो कागबेनी, मुक्तिनाथ, धुम्बा ताल, ठिनी, छुसाङ, लोमान्थाङ जाने गरेका छन् ।
मुस्ताङमै कति पय यस्ता स्थान समेत छन् जुन जोमसोम मुक्तिनाथ सडकखण्डको नजिकै भएर पनि पर्यटकको नजरमा पर्न सकेका छैनन् । पर्यटकीय सम्भावना हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको एउटा स्थान हो ुतोरा लेकु। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर १ झारकोटमा अवस्थित यो ताल जोमसोम मुक्तिनाथ सडक खण्डको झारकोटबाट पांच मिनेटमै पुगिन्छ,जो यो तालमा पुग्छ यसको सौन्दर्यताले उसलाई मन्त्रमुग्ध बनाउँछ ।
दिनमा हजारौं पर्यटक गाडीमा जोमसोमबाट कागबेनी झारकोट हुँदै मुक्तिनाथहुईकिन्छन् तर उनीहरुलाई पत्तै हुँदैन कि त्यहि बाटोको केहि माथि प्राकृतिक छटाले भरिपूर्ण ताल पनि छ भनेर । मुक्तिनाथको नजिकै भएर पनि यो ताल ओझेलमा परेको छ ।यसको संरक्षण हुन नसक्दा माटोले पुरिएर बर्षेनी क्षेत्रफल समेत घट्दै गएको छ । हिमालको छायाँ समेत प्रतिबिम्बित हुने यो ताल पर्यटकको पर्खाइमा रहेको छ ।
ताल संरक्षण र प्रबर्धनको लागि गाउँपालिकाद्वारा प्रारम्भिक सर्भे
तालको संरक्षण र सम्बर्धन गर्नको लागि गाउँपालिकाले बजेट छुट्याएर प्रारम्भिक सर्भे समेत सम्पन्न गरिसकेको छ । यो कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने र तोरा तालको प्रचारप्रसार गर्ने गाउँपालिकाको योजना छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ आउने पर्यटकलाई यो तालसम्म लैजानको लागि आगामी बर्ष झारकोटबाट ताल सम्म पुग्नको लागि बाटो निर्माण,झारकोट स्थित सडकमा इन्फर्मेसन म्याप,तालको सरसफाई,मुहानको संरक्षण लगायतका काम गरिने छ ।



सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’