काभ्रे–बेथानचोक गाउँपालिका ३ ढुङ्खर्कका किसान केदारनाथ सापकोटा अहिले एउटा समस्यामा छन् । पहिलेदेखि नै खेतिपातिसँगै गाईपालन गर्दै आएका सापकोटालाई एकाएक समस्या आएको छ । उनले घरमा पालेको कोरली गाई व्याएको छ । तर, उसले दूध दिने थुन नहुँदा समस्या परेको छ ।
यो समस्या समाधानका लागि उनी पशुचिकित्सक कहाँ पुगे पनि त्यसको समाधान निस्केको छैन । पशु चिकित्सकहरुले दूध सुकाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । उनले गाईको थुन नभएको बारे गाइ व्याउने भएपछि मात्र थाहा पाएका थिए । पहिला घरको कोरलो गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको बताए ।
पहिले थाहा नभएपनि गाई व्याउने भएपछि थुनको समस्या रहेको थाहा पाएका उनले विस्तारै पलाउने आशा गरेका थिए । तर, त्यो समस्या गाईले बाच्छो खसाउँदा सम्म समाधान भएन । पशु चिकित्सकहरुले गाईमा वंशाणुगत रोग भएका कारण यस्तो हुनसक्ने बताएका छन् ।
भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसाननै नभएको बताए । अहिले बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेकोले सोही अनुसार औषधि गर्दै गरेको सापकोटाले बताए । यो समस्या आउन नदिन गर्भाधान गराउने बेलामा गाईपाल्ने किसान र प्राविधिक दुवैले ध्यान नपुर्याउँदा यस्तो समस्या आएका चिकित्सकहरुको भनाई छ। news source :khabarhub
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?