अश्विन दानी , पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ भित्रै प्रदेशका सम्पूर्ण नागरिकहरुका घरमा विद्युत पु¥याउने भएको छ । सरकारको उज्यालो प्रदेश बनाउने योजना अनुसार चालु आबभित्रै प्रदेशका सम्पूर्ण नागरिकहरुको घरमा विद्युत पु¥याउने गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
उज्यालो प्रदेश योजना सम्पन्न गर्नका लागि आइतबार भौतिक पुर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेश र नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय पोखराबीच ११ बुँदे सम्झौता भएको मन्त्री बस्नेतले जानकारी दिए ।
‘अब गण्डकी प्रदेशका जनता अँध्यारोमा बस्नु पर्ने दिन सकिनै लाग्यो । प्रदेश सरकारले आगामी आर्थिक बर्षभित्रै सबै जनताको घरघरमा विद्युत पु¥याउँछ’ मन्त्री बस्नेतले भने, ‘उज्यालो प्रदेश बनाउने कार्यक्रम सफल पार्न आज भर्खरै प्रदेश सरकार र विद्युत प्राधिकरणबीच सम्झौता भयो ।’
आज भएको ११ बुँदे सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा र विद्युुत प्राधिकरणको तर्फबाट ग्राहक सेवा निर्देशनालय पोखराका प्रमुख सुरेश बहादुरले हस्ताक्षर गरेका छन् ।
करिब तीन अर्बभन्दा बढी लागत अनुमान गरिएको विद्युत विस्तारको कामका लागि हाल १३ करोड रुपैँया समपुरक बजेट विनियोजन भइसकेको छ भने आगामि बर्षका लागि ५० करोड रुपैयाँ समपुरक बजेट माग पनि गरिएको छ ।
चालु आर्थिक वर्षमा विद्युत विस्तारको काम सुरु गरेर आगामी आर्थिक वर्षभित्रै प्रदेशका सबै नागरिकहरुको घरघरमा विद्युत पु¥याउने लक्ष्य लिएको प्रदेश सरकारले केही दिनभित्रै टेण्डर आह्वान गरी काम सुरु गर्ने जनाएको छ ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार तत्काल विद्युत विस्तार गर्न सम्भावित ठाउँमा केन्द्रिय लाइन विस्तार हुनेछ भने केन्द्रीय विद्युत जडान गर्न सक्ने सम्भावना नभएको ठाउँमा लघु विद्युत लाइन जडान हुनेछ । त्यस्तै केन्द्रिय र लघु दुवै जडान गर्न सम्भावना नभएको ठाउँमा सौर्य उर्जा (सोलार) जडान गरिने भएको छ ।
‘उज्यालो प्रदेश बनाउने काम तत्काल सुरु हुन्छ’ मन्त्री बस्नेतले भने, ‘काम सुरु गरिसकेपछि कुनैपनि कारण देखाउँदै काम समयमै नसक्ने भन्ने हुँदैन । अब प्रदेश सरकार लामो समयसम्म आफ्ना जनता टुकी र मैनबत्तिको भरमा बसेको हेर्न सक्दैँन ।’
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु