पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति पोखराले आगामि जेठ ८ गतबाट पोखरादेखि भारतको नयादिल्लीसम्म यातायत सेवा सञ्चालन गर्ने भएको छ । समितिले जेठ ८ गतेबाट हप्ताको एक पटक पोखराबाट नयादिल्लीसम्म बस सञ्चालनमा ल्याउन लागेको जनाएको हो ।
हरेक हप्ताको बुधबार बिहान ११ः३० मिनेटमा पोखराबाट नयादिल्लीसम्म छुट्ने बसको टिकट शुल्क प्रति ब्यक्ति भारु दुई हजार ७ सय रुपैँया लाग्ने पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हरेक हप्तको बुधबार पोखराबाट भारतको नयादिल्ली पुगेर त्यहाँबाट शनिबार फर्कने छ ।
भारतको नयाँ दिल्लि पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशब अधिकारीले बताए ।
भारतमा गएर पढ्दै गरेका नेपाली विद्यार्थी, व्यवसायी, विरामी तथा पर्यटकहरुलाई यातायत सेवा सुरु भएपछि सहज हुने समितिले जनाएको छ । पोखराबाट हिँडेको बस नारायणगढ बुटबल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धारा ऋषिकेश हुँदै नयादिल्लीसम्म जाने छ ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर