पोखरा । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्याे । स्थानीय जम्मा भए । सबैलाई लाग्यो कसले यस्तो पाप गर्याे होला ? नवजात शिशुलाई यसरी बाँसघारीमा कसले फाल्यो होला ? अनि प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गरेपछि शिशुको आमा पत्ता लाग्यो ।
बच्चा जन्माउने बित्तिकै त्यसरी बाँसघारिमा फाल्ने महिला रहेछिन्, उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर । प्रहरीले सोधपुछ गर्न थालेपछि उनी आफैँले बच्चालाई त्यसरी फालेको स्वीकार गरिन् ।
यस कारण बच्चा जन्माउने बित्तिकै फालिन् सीमाले
श्रीमानले छाडेपछि सीमा एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् । श्रीमानबाट टाढा हुन पुगेकी उनी अर्कै युवकबाट गर्भवती भईन् । बच्चालाई जन्म दिने निर्णय त गरिन् । तर, आर्थिक अवस्था कमजोर भएकै कारण पालनपोषण गरेर हुर्काउने आँट गर्न सकिनन् ।अनि, पाउने बित्तिकै नवजात छोरीलाई सेतो कपडामा बेरेर अरु कसैले देख्ने गरी आफु बस्दै आएको घर नजिकैको बाँसघारीमा लगेर छाडिन् ।
‘मलाई मेरो बच्चाको धेरै माया छ । तर, राम्ररी पाल्न सक्ने अवस्था छैन । मार्न पनि सकिनँ’ प्रहरीसँगको बयान दिँदै सीमाले भनिन्, ‘त्यसैले अरु कसैले देखेर पाल्न लैजाओस् भनेर आफैले त्यहाँ लगेर छाडेको हुँ ।’ प्रहरीका अनुसार हाल शिशुको गण्डकी अस्पतालमा उपचार भईरहेको छ भने सीमा प्रहरीको नियन्त्रणमा छिन् । नवजात बच्चाको बुबा चिनाएपछि ति युवक पनि प्रहरी नियन्त्रणमा छन् । कानुनानुसार कारबाही प्रक्रिया अघि बढेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने