धनगढी ३० कार्तिक / गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
‘मलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भने, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने सबै अधिकार तपाईंहरुसंग छ ।’ देउवाले प्रदेश नं ७ मा आफ्नो पार्टीले संसदीय निर्वाचन क्षेत्रका प्राय सबै सिट जित्ने दाबी समेत गरे ।
सुदूरपश्चिमलाइ जोड्ने २२ पुलदेखि सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएका विकास आफ्नै प्रयासले भएको पनि देउवाले बताए । ‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने व्यक्ति तत्काल अर्को कोही पनि छैन,’ उनले भने, ‘प्रधानमन्त्री हुने म नै हुँ त्यसैले यो क्षेत्रका जनताले कांग्रेसलाई सबैभन्दा बढी सिटमा विजयी बनाउने छन् ।’
नेपाल प्रेस युनीयन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले लोकतन्त्रको उपयोग मात्र गर्ने तर, यसको संस्थागत सुदृढीकरणसंग उनीहरुको कुनै सम्बन्ध नहुने बताएका थिए । ‘कम्युनिष्ट शासन व्यवस्थाभन्दा लोकतन्त्र नै उपयुक्त हुने भएकाले जनता कांग्रेसको पक्षमा उभिएका छन्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले वामपन्थीहरुले निर्वाचन जिते देशमा कम्युनिष्ट अधियनायकवाद स्थापना हुनसक्ने आशंकाले जनतामा त्रास फैलिएको दाबी पनि गरेका थिए ।
उनले वाम गठबन्धनकै कारण विगतका निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा बढी मत पाउने र झन् बलियो हुने बताए ।

सम्बन्धित खबर
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते