चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकामा आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई मृत्युदण्ड समेत दिने गरेको बताएका छन् । मंगलबार नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको उद्घाटन गर्दै बास्कोटाले आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई अमेरिकामा एक करोडसम्मको जरिवाना र मृत्युदण्ड समेत दिने गरेको बताएका हुन् ।
प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मूल्य र मानक नभएको उनको भनाई छ । स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भने सरकारबाट नहुने सञ्चारमन्त्री बास्कोटाले बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलन समेत हेरिएको बताए ।अरु नै कुरा मनमा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसकिने बताउँदै मन्त्री बाँस्कोटाले बहिष्कारको अर्थ नभएको जिकिर समेत गरेका छन् ।
समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।संविधान भन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने पनि बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्