गण्डक न्युज पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी सभा विहीबार तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचितमा थियो । पौडेलले आफ्नो मन्तव्य व्यक्त गरिसकेका थिए । उनी खाना खानलाई मञ्च छाडेर गएपछि स्थानीय ५८ वर्षीय श्रीभद्र पण्डित मञ्चमा उक्लिए ।
कविता आधाउधी भएको थियो । उनको जीवनको भने अन्त्य हुन भयो । कविता वाचन गर्दा गर्दै ढलेपछि कार्यक्रम नै विथोलियो । हतार हतार गाडीमा डुम्रे स्थित लक्ष्मी सिटी हस्पिटल लगियो । तर बाटैमा उनको प्राण उड्यो ।
‘साह्रै दुःखद घटना भयो । कविता वाचन गर्दागर्दै फेन्ट भएर ढल्नुभो भने हल्ला भयो । गाडीमा पठाउँदै गर्दा निधन भयो ।’ कार्यक्रम स्थल पुगेका पत्रकार गंगाधर पराजुलीले भने– ‘कस्तो कविता पनि जब सम्म खोला बगिरहन्छ, म काँग्रेस भईरहन्छु, काँग्रेस रहिरहन्छ । यस्तै यस्तै भावमा थियो ।’
ढल्कँदो उमेरमा पनि तन्नेरी जोशका साथ चुनावी अभियानमा हिँड्ने उनको निधनले अपुरणीय क्षति पुगेको वरिष्ठ नेता पौडेलले बताएको पराजुलीको भनाई छ । मृतकको शव लक्ष्मी सिटी हस्पिटल डुम्रेमा रहेको छ । हस्पिटलमै पुगेर वरिष्ठ नेता पौडेल, गोविन्द भट्टराई लगायतले मृतकका आफन्तसँग भेटेर समवेदना प्रकट गरेका छन् ।
चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरे । साथै पौडेलले काँग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे ।

सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला