पोखरा । मिडियालाई नियन्त्रण राख्ने गरी वर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ । बुधबार महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको माग गरिएको थियो ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले विधेयक ल्याएको बताए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकार बिरुद्ध सडकमा आन्दोलित हुनपर्ने बाध्यता रहेको औल्याए ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले दुई तिहाइको बलियो भनिएको सरकारले प्रेसलाई कमजोर बनाउन खोजेको प्रति असहमति जनाए ।
हामीले समाचार लेखेरै सरकारलाई तह लगाउनुपर्छ तर नसुन्ने सरकारलाई तह लगाउन सडकमा आउनुपरेको छ, उनले भने ।प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ ले देशमा अर्को तानाशाही सुरु भएको अनुभव हुन थालेको बताए ।
प्रेस युनियन कास्कीका सल्लाहकार डा. बलराम उपाध्याय रेग्मी, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, कन्द्रीय सदस्य सरिता तिमिल्सिना, अग्रज पत्रकार हिमनिधि लौडारी, प्रेस संगठन कास्कीका अध्यक्ष सन्देश श्रेष्ठ, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले सरकारले प्रेसलाई कुण्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।
प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले धन्यवाद र सचिव प्रदीप पौडेलले संचालन गरेका थिए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ