टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड २०७५ आगामि जेठ २४ गते हुने भएको छ । ‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा संचालन हुने उक्त अवार्ड पोखरा सभागृहमा जेठ २४ गते हुने भएकाे हो ।
विगतमा जिल्लास्तरको सो अवार्ड संघीय संरचना अनुरुप यसपालि प्रदेश स्तरको हुने भएको मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । गण्डकी प्रदेशका ११ जिल्ला कायम हुने गरी यसपालि पपुलर प्लेयर अफ दी इयर समेत घोषणा गरिएने भएको उनले जनाए । उक्त विधा सहित विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने भएको गिरीले जनाए ।
उक्त अवार्डमा बर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र बर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुले पुर्याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरुको हौसला प्रदान गर्न पनि अवार्ड गर्न लागिएको उनले जनाए ।
मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक नेतृत्वको कार्यकालमा विगत एक बर्ष अघि बतास ब्रदर्श प्रालिसँग मुख्य प्रायोजक सम्बन्धमा ३ वर्षको सम्झौता भएको थियो । जसमा तेस्रो संस्करणदेखि वर्ष खेलाडी पुरुष र महिलाले क्रमशः टीभीएस अपाचे मोटरसाइकल र महिलाले विगो स्कुटर प्राप्त गरेका छन् । जिल्लाबाट प्रदेशस्तरको अवार्ड कार्यक्रमलाई विगतको सम्झौताको जगमा रहेर यसपालि बतास ब्रदर्श प्रालिले मञ्चलाई सत्प्रतिशत प्रायोजन गर्ने भएको मञ्चले जनाएको छ ।
उक्त अवार्डको अवसरमा २ दशक भन्दा लामो समय देखि खेलकुद क्षेत्रमा समर्पित एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ । सम्मानित व्यक्तिलाई चाँदी जडित ट्रफी, ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको महासचिव नेपालले जनाए । अवार्डको अवसरमा बर्ष उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संस्था, बर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने भएको हो । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही १५ हजार प्रदान गरिने भएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो