चौथो पोखरा स्पोर्टस् अवार्ड जेठ २४ गते

चौथो पोखरा स्पोर्टस् अवार्ड जेठ २४ गते

pokhara-sports award

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड २०७५ आगामि जेठ २४ गते हुने भएको छ । ‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा संचालन हुने उक्त अवार्ड पोखरा सभागृहमा जेठ २४ गते हुने भएकाे हो ।

विगतमा जिल्लास्तरको सो अवार्ड संघीय संरचना अनुरुप यसपालि प्रदेश स्तरको हुने भएको मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । गण्डकी प्रदेशका ११ जिल्ला कायम हुने गरी यसपालि पपुलर प्लेयर अफ दी इयर समेत घोषणा गरिएने भएको उनले जनाए । उक्त विधा सहित विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने भएको गिरीले जनाए ।

उक्त अवार्डमा बर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र बर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुले पुर्याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरुको हौसला प्रदान गर्न पनि अवार्ड गर्न लागिएको उनले जनाए ।

मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक नेतृत्वको कार्यकालमा विगत एक बर्ष अघि बतास ब्रदर्श प्रालिसँग मुख्य प्रायोजक सम्बन्धमा ३ वर्षको सम्झौता भएको थियो । जसमा तेस्रो संस्करणदेखि वर्ष खेलाडी पुरुष र महिलाले क्रमशः टीभीएस अपाचे मोटरसाइकल र महिलाले विगो स्कुटर प्राप्त गरेका छन् । जिल्लाबाट प्रदेशस्तरको अवार्ड कार्यक्रमलाई विगतको सम्झौताको जगमा रहेर यसपालि बतास ब्रदर्श प्रालिले मञ्चलाई सत्प्रतिशत प्रायोजन गर्ने भएको मञ्चले जनाएको छ ।

उक्त अवार्डको अवसरमा २ दशक भन्दा लामो समय देखि खेलकुद क्षेत्रमा समर्पित एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ । सम्मानित व्यक्तिलाई चाँदी जडित ट्रफी, ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको महासचिव नेपालले जनाए । अवार्डको अवसरमा बर्ष उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संस्था, बर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने भएको हो । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही १५ हजार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ