पोखरा । पोखराको ‘निदान आयुर्वेद क्लिनिक’ का चिकित्सकहरुले उपचारको क्रममा लापरबाही गरेको कारण बिरामीको आन्द्रामा प्वाल परेको भन्दै बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् । पायल्सको समस्या देखिएपछि उपचार गर्न क्लिनकमा पुगेका पोखरा महानगरपालिका वडा नम्बर २ का १८ बर्षिय श्रीप्रसाद पुनको आन्द्रामा प्वाल परेको भन्दै आइतबार बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन् ।
बिरामीका आफन्तहरुले श्रीप्रसादको उपचारको क्रममा चिकित्सकहरुले लापरवाही गरेकै कारण आन्द्रामा प्वाल परेको भन्दै दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको बताएका छन् । केही समय अघि उक्त क्लिनकमा उपचार गराएका श्रीप्रसादलाई थप उपचारका लागि मनिपालमा पु¥याएपछि ठुलो आन्द्रामा प्वाल परेको देखिएको छ ।
मनिपाल अस्पतालले दिएको रिपोर्ट अनुसार बिरामीको आन्द्रा फुटेर फोहोर यताउति निस्किएको आफन्तले जनाएका छन् । बिरामीको भविष्यको जिम्मेवारी लिएर सम्पूर्ण उपचार खर्च क्लिनिकले बेहोर्नु पर्ने बिरामीको आफन्तले माग गरेका छन् । आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्कीले गरेको छ ।
क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्यासमेत भएको र अप्रेसन गरेपछि झनै समस्या बढ्न थालेको थियो । अप्रेसन गरेपछि बिरामीको व्यथा झनै बढ्न थालेपछि क्लिनकबाट गत वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरेको उनले बताए ।
तर, आन्दोलनका नेतृत्व गरेका खेम पुनमगरले आफुहरुको मागलाई क्लिनकले पुरा नगरे झनै वृहत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

तस्विरः श्याम रानामगर/रातोपाटीबाट
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो