बेनी : म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोत्तल दिएका थिए ।
अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए । तिरुपती फुड्स एन्ड बेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन ।
७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिन्छ । सस चाउमिन, मम लगायत परिकार बनाउन प्रयोग गरिन्छ। ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ ।
स्थानीय प्रशासनको बजार अनुगमन सदरमुकाममा केन्द्रित रहदै आएको छ। बजार अनुगमनलाई ग्रामीण बजारमा विस्तार गर्न लागिएको प्रजिअ लीलाधर अधिकारीले बताए । उनका अनुसार प्रत्येक महिनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ । सन्तोष गौतमले अन्नपूर्ण पोष्टका लागि लेखेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह