पोखरा : तथ्यांक विभागले तेस्रो चरणमा २०७४ असारदेखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार गण्डकी प्रदेशमा अझै ६० हजार जनसंख्या बेरोजगार रहेका छन् । विभागले गरेको सर्वेक्षण अनुसार प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेको मध्य हाल ६० हजार जनसंख्या बेरोजगार रहेका हुन् ।
१५ वर्षदेखि माथी उमेर समुहको जनसंख्या १८ लाख ६८ हजार रहेको गण्डकी प्रदेशमा ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिला गरी जम्मा ६ लाख ६ हजार जना मात्रै रोजगार छन् । तर, तथ्यांक विभागले बैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक उल्लेख गरेको छैन । हाल प्रदेशमा ४५ हजार शहरी र १५ हजार ग्रामिण क्षेत्रमा बेरोजगार छन् ।
नियुक्ति पत्र नदिई काममा लगाउने बढि
गण्डकी प्रदेशमा रोजगार भएका मध्य अघिकांस नियुक्ति पत्र बिनै काम गर्ने गरेको पाईएको छ । ६ लाख ६ हजार जना रोजगार संख्या भएकामध्य ३ लाख ६६ हजारले अझै नियुक्ति बिनै काम गरिरहेको पाईएको हो ।
नियुक्ति पत्र बिना काम गर्ने कामदारहरुको तलवदेखि सामाजिक सुरक्षासमेत ग्यारेन्टी हुँदैन । अनौपचारिक रुपमा नियुक्ति बिना काम गराउँदा राज्य र कामदार दुबैले घाटा ब्यहोर्नु पर्ने देखिन्छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो