क्यान्स फिल्म फेस्टिभलको सुरुवात राम्रै भयो, विश्वभरिका ख्यातिप्राप्त अभिनेता/अभिनेत्रीका साथमा। नायिका तथा गायिका सेलेना गोमेजले पनि सबैको ध्यान तानिन् । सेलेना आफ्नो फिल्म ‘द डेड डन्ट डाइ’ को प्रमोसनका लागि क्यान्स पुगेकी थिइन्। यो फिल्ममा उनीसँगै टिल्डा स्विङ्टन र बिल मुरे पनि छन्।
सेलेनाले आफ्नो इन्स्टाग्राममा केही आकर्षक तस्बिर राखेकी छन् जसमध्ये उनी र बिल मुरेका तस्बिरले सबैको ध्यान तानिरहेको छ । इन्स्टाग्रममा सेलेनाले क्याप्सन लेखेकी छन्- क्यान्समा मेरो पहिलोपटक। म यो फिल्ममा जिम र सबै टिमका साथ काम गर्न पाउँदा सम्मानित महसुस गर्छु। साँच्चि, म र बिल मुरे बिहे गर्दैछौँ।’
यी २६ वर्षीया अभिनेत्रीको ६८ वर्षीय अभिनेतासँगको इन्स्टाग्राम पोस्टले सबैको ध्यान आकर्षित गर्यो । क्यान्समा पनि हातमा हात हालेर हिँडेका यी दुई कलाकार सबैको खानेखुसीको विषय बनेका थिए। बिल मुरेले भ्यानिटी फेयरसँग भने, ‘म साँच्चै उनलाई मन पराउँछु ।
उनी एकदमै चम्किली छन्। दयालु र प्राकृतिक छिन्। म सधैँ यस्ता खालका आफूलाई मन पर्ने पप आइकन भेटेर रमाउँछु।’ प्रशंसकहरु सेलेनाको निर्णयबाट छक्क परेका छन् । जस्टिन बिबरसँगको सम्बन्ध अन्त्य भएपछि सेलेनाले मानसिक स्वास्थ्यको औषधि सेवन गरिरहेकी छन्। तर, उनी निकटहरुले भने बिल मुरेबारेको उनको इन्स्टाग्राम पोस्ट जिस्किएर गरिएको बताएका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु