पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।
कृषकका समस्या केही हदसम्म पुरा गर्ने उदेश्यले बाँदर नियन्त्रणका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिने उनले आश्वासन दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दिपकजंग ध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे ।
कृषि उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै अनुगमनको खाँचो औल्याए । अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नीति तथा कार्यकक्रमाको बारेमा प्रकाश पारेका थिए ।
‘नीति तथा कार्यक्रममा जनताको स–साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य निरीक्षक टिकाराम भण्डारीले स्वास्थ्य क्षेत्रमा सुधारको खाचो भएको औल्याए । अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विद्यालयमा राजनीति गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो