एजेन्सी – भारतको झारखण्डमा रहेको माझी बस्तीमा करेन्ट लागेर शनिवार आकाश सावको मृत्यु भयो । एक मात्र छोरो मरेपछि उसलाई जिउँदो बनाउनका लागि उनकी आमा एक घन्टासम्म मन्दिरमा शिव भगवानको पूजा र आराधना गरिरहिन् । बस्ताकोला सोनार बस्तीको शिव मन्दिरमा यो घटना भएको हो । स्थानीय महिलाहरूले पनि शिव आराधना गरे ।
मानिसहरूले शवमा गोबर लिप्ने, अनि भगवान् शिवलाई फूल चढाउने र पानी तथा दूधको धारा दिने काम गरे । आकाशलाई बचाउनका लागि उनीहरूले भगवानको आराधना गरे । आमालाई आफ्नो छोरो अवश्य बाँच्ने आशा थियो । उनले रोएर पुत्रलाई जिउँदो बनाउन आराधना गरेकी हुन् । स्थानीहरूले चाहिँ शवलाई अन्तिम संस्कार गर्न आमालाई सम्झाइबुझाइ गरे ।
आकाशले स्नातक सकेर पिता दिलीप सावलाई घरनजिकको रासन पसल चलाउन सहायता गर्ने गरेको थियो । शनिवार उसका बुवा रासन लिन झरिया बजार गएका थिए । आमा पुष्पा पनि घरमा थिइनन् । आकाश घरको बाथरूममा बिजुलीको वायरिङ ठीक पार्दै थिए । त्यस क्रममा उनलाई करेन्ट लाग्यो र उनको मृत्यु भयो । आमा घर पुग्दा आकाश बाथरूममा अचेत अवस्थामा रहेको देखिन् ।
एक मात्र छोरो मरेपछि पुष्पा र दिलीप चिच्याई चिच्याई रोए । आकाशकी दिदी किरण पनि घरबाट आइन् अनि भाइको लाश देखेर बेहोश भइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ