धनगढी । सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ । उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट हटाइएको हो ।
स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेञ्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाएको उपसभामुखको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेपछि सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मण दत्त जोशीसहितका नेकपाका नेताहरुको सल्लाहमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको हो ।
स्वकीय सचिव भट्टको यौन प्रस्ताव सहितको यातनापूर्ण ब्यवहारका कारण उपसभामुख जोशीका अंगरक्षकहरु हरेक दुई महिनामा फेरिने गरेका थिए । स्वकीय सचिव भट्टले आफूले भनेको नमान्ने अंगरक्षकलाई अनेकन आरोप लगाई सुदूरपश्चिम डीआइजीलाई भनेर फेर्ने गरेका थिए ।
स्वकीय सचिव भट्टले आफ्नो यौन प्रस्ताव नस्विकारे पछि बिनाकारण हटाउने गरेर आजित भएपछि उपसभामुखका अंगरक्षक महिला प्रहरीले बाध्य भएर स्वकीय सचिव भट्टका कर्तुक बाहिर ल्याउनुपरेको बताइन् । rajdhanidaily
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष