काठमाण्डौ – तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ र विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ । अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिन्छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।
विभागका महानिर्देशक भिष्मकुमार भुषालले वेवसाइटबाटै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन foreignjob.dofe.gov.np मा मा हेर्न सकिने जानकारी दिए ।
यो वेवसाइटको विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास व्यक्त गरे ।
‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भैरहेको छ’ उनले सबैलाई सचेत हुन आग्रह गर्दै भने, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।’
आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिए । हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । तर अब फेसबुक वा वेवसाइटबाटै यो जानकारी लिन सकिने हुँदा एजेण्ट र म्यानपावरले भनेको कुरालाई विभागको वेवसाइटमार्फत पनि जाँच्न सकिन्छ ।
कामको खोजी यसरी गर्नुहोस् :-

ujyaaloonline
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते