गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बुटवल । सत्तारुढ नेकपामा महासचिव विष्णु पौडेलविरुद्ध बुटवलमा छ्यापछ्यापती पर्चा छरिएकाे छ । पाैडेल काठमाडाैँकाे बालुवाटारस्थित सरकारी जग्गा किनेका कारण आलाेचित भइरहेका वेला ‘माैका आउँछ पर्खँदैन, बालुवाटार अब फर्कँदैन’ भन्ने व्यंग्यात्मक नारा र उनकाे तस्वीरसहितका पर्चा छरिएको हाे ।
साे पर्चा नेपाली कांग्रेसका कार्यकर्ताले छरेकाे बताइएकाे छ । साेमबार बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपभरि करिब ३ सय पर्चा छरिएको जनाइएकाे छ ।
बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन भूमिका खेलेकाे आराेप लागेका पौडेललाई कारबाही गर्न माग गर्दै पर्चा छरिएको नगर सभापति पाण्डेले बताएका छन् । साेही मण्डपमा महासचिव पौडेलले बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्ने कार्यक्रम राखिएकाे थियाे । यसका लागि पाैडेल बुटवल आएकाे माैका छाेपी कार्यक्रमस्थलमै उनीविरुद्ध पर्चा छरिएकाे हाे ।
महासचिव पौडेलले साे प्रदर्शनी केन्द्रको शिलान्यास समेत गरिसकेका छन् । यद्यपि नगरसभापति पाण्डेले निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्सासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको दाबी गर्दै अहिले प्रचारका लागि मात्र नेकपा महासचिव पाैडेल शिलान्यासमा आएकाे बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ