पर्सा- पर्सा प्रहरीले ८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ हो ।
बालकको खोजीका लागि प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन भएको प्रहरीले मंगलबार (जेठ १४ गते) वीरगन्जबाट भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर भारत घर बताउने विकास शर्मा र बाराको कलैया घर भएका सिकेन्द्र साह तेली घाइते भएका छन् ।आफूसँग झगडा गर्ने शम्भुलाई ‘तह लगाउन’ भन्दै विकासले आफ्ना साथीको मद्दतमा बालकको अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ