कोशीमा भारतकै मर्जी : नदीको बहाव मोडेपछि नेपालीलाई मृत्युको भय

कोशीमा भारतकै मर्जी : नदीको बहाव मोडेपछि नेपालीलाई मृत्युको भय

kose nadi

कोशीको धार परिवर्तन गर्ने गरीु भारतीय पक्षले नयाँ नहर बनाएर पानी छोडेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आफूहरूको बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नं १३ का वडाध्यक्ष विन्देश्वर यादव भन्छन्, ूकोशी योजना अन्तर्गत भारतीय पक्षले कोशी व्यारेजको पश्चिमतर्फबाट नयाँ च्यानल बनाएर कोशीको बहावलाई पश्चिम मोडन खोजेपछि गोबरगाढा बस्ती नाकाबन्दीमा परेको  छ।

उनले भने,  हाम्रो गाउँ जान आउन कठिन भएको छ , कहिले मान्छे डुब्ला, कहिले मर्ला धेरै अनिश्चय भयो।हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साह भन्छन्, पूर्वतर्फको कोशीको बहावले भारतीय भूमिमा डुवान र कटान गर्ने अवस्था आएपछि कोशीलाई पश्चिमतर्फ फर्काउँदा नेपाली बस्ती जोखिममा परेको छ।

मेयर साहका अनुसार भारतले नेपालीभूमिमा बनाएको संरचनाका कारण सप्तरीको हनुमाननगर, छिन्नमस्ता , कोइलाडी, तिलाठी र राजविराजक्षेत्र नै जोखिम पर्ने अवस्था छ । उनी भन्छन,  पूर्वी तटबन्ध टुट्दा भारततर्फ धेरै नोक्सान हुन्छ आफनो नोक्सान जोगाउनका लागि मात्र पानीको बहाव परिवर्तन गर्न खोजेको हो, हाम्रोतिर खतरा बढाएको छ। स्थानीयवासीका अनुसार भारतीय पक्षले कोशी ब्यारेजदेखि पश्चिम तर्फबाट करिब १७ किलोमिटर तलसम्म नयाँ च्यानल बनाएको छ ।bbc

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो
कालीगण्डकी नदीमा पुरुषको शव फेला

ट्रेन्डिङ