चीनको प्रतिष्ठित दैनिक पत्रिका पिपुल्स डेल्लीको अनलाइन संसकरणले केही दिनअघि एउटा भिडियो सार्वजनिक गर्यो । भिडियोको शीर्षक दिइयो ‘द विज्डम अफ चाइनिज वर्किङ क्लास । चिनियाँहरुले आफ्नो कामलाई कसरी सहज र सरलीकरण गर्छन् भने यहाँ भिडियो बनाइएको छ । ८ वटा छुट्टाछुट्टै कामलाई उनीहरुले यहाँ प्रस्तुत गरेका छन् ।
पिपुल्स डेलीले सार्वजनिक गरेको भिडियोको चौँथो भागमा महिलाहरुले संरचना निर्माणका लागि आवश्यक गिट्टी तथा बालुवाहरु थुन्सेमा हालेर बोकेको देखाइन्छ । यद्यपि न त त्यो भिडियो चीनको नै थियो, न त उनीहरु चिनियाँ नागरिक नै थिए ।
भिडियोको पृष्ठभूमिमा बा ५ च २८५५ नम्बरको कार गुडिरहेको देख्न सकिन्छ भने पछाडिको दृश्य पनि नेपालकै हो । थुन्सेमा निर्माण सामग्री हालेर बोक्ने महिलाहरु पनि चिनियाँ नागरिक नभएर नेपाली नै थिए । तर पिपुल्स डेली आफैले बनाएको यो भिडियोमा किन नेपाल र नेपालको दृश्य राखेर चिनियाँ भनियो, त्यो खुलाइएको छैन ।
नेपाल आफैमा सार्वभौमसत्ता सम्पन्न देश हो ।
तर पिपुल्स डेलीले जारी गरेको भिडियोमा नेपाल र नेपालीकोसमेत दृश्य राख्दै चिनियाँ नागरिकको काम गर्ने बुद्धिमता भन्नु मानवीय कमजोरी वा नियत थियो, प्रश्न उठेको छ । पिपुल्स डेलीले भने हालसम्म पनि यो भिडियोबारे थप केही बताएको छैन ।
हेर्नुहोस् ३६ सेकेन्डको यो भिडियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ