महोत्तरी । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । मंगलबार विमलाको शंकास्पद मृत्यु भएको थियो ।
विमलादेवी यादवका श्रीमान र परिवारले दाइजोका लागि हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षले विमलाका श्रीमान, सासु, ससुरा र नन्दहरु मिलेर हत्या गरेको प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी परेपछि विमलाका श्रीमान र ससुरा पक्राउका हुन्।
सासु र नन्दहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए ।
विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए । ‘मोटरसाइकलका नदिएको भनेर कुटपिट गरेको छोरीले भन्दै आएकी थिइन,’ उनले भने, ‘ज्वाई र उनका ससुराले कुटपिट गरिहन्थे । त्यहि कारणले छोरीका हत्या गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले घटना शंकास्पद रहेको बताए । थप अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने उनले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष