जनकपुर- बेला-बेला विवाद र लफडामा पर्दै आएको धनुषाको जानकी मेडिकल कलेज पुन: विवादमा तानिएको छ। यस पाली जानकी मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे(ओपी पाण्डे)लाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी नै जारी गरेको छ। पाण्डेले विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलबलगायत लेनदेन बाँकी राखेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको छ।
‘कर्मचारीहरुको तलबवापतको लाखौं रुपैयाँ महिनौंदेखि दिएको छैन,’ जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले भने, ‘विभिन्न निकायहरुबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएको छ। ‘पाण्डेलाई पटक-पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरेपनि वेवास्ता गरेकाले पक्राउ पुर्जी जारी गरिएको उनले बताए।
जेठ १५ गतेको मितिमा काटिएको पक्राउ पुर्जीमा एक दिनभित्र पाण्डेलाई उपस्थित गराउन भनिएको छ। लामो समयदेखि पाण्डेले कर्मचारी तथा अन्य व्यवसायीहरुको रकम भुक्तानी नगरी आलटाल गर्दै आएका छन्। उनले धेरैपटक छलफलमा भुक्तानीको समय निर्धारण गरेपनि रकम दिएका छैनन्।मेडिकल कलेजका प्राचार्य डा हुकुमदेव साहले समेत तलबका लागि प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उनीविरुद्ध धेरै नर्स र चिकित्सकहरुको उजुरी परेको छ। उनीहरुले तलब उपलब्ध गराएर कलेजबाट अवकास लिने माग उजुरी पत्रमा गरेका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते