एजेन्सी-भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको हत्या गरेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको चक्कु घोपेर हत्या गरिएको स्रोतले बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँच्न सफल भइन् ।
घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । खबर अनुसार ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।
गीताको भनाई उद्धृत गर्दै पुलिसले भनेको छ, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’
‘तर कुरा नमिलेपछि उनले एकाएक चक्कु ल्याए र राकेशमाथि हमला गरे । उनले राकेशमाथि तीन–चार पटक हमला गरे ।’पुलिस अधिकारी इन्द्रमणी पटेलले दिएको जानकारी अनुसार शेखर आफू श्रीमतीमाथि चक्कु हमला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका कारण उनको ज्यान बच्यो ।शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो